Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सेञ्चुरी कमर्शियल बैंकको ७.५० प्रतिशत लाभांश प्रस्ताव

सेञ्चुरी कमर्शियल बैंकको ७.५० प्रतिशत लाभांश प्रस्ताव


मध्यान्तर
  • बुधबार, पुष ८ २०७७

  • काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले दुई आर्थिक वर्षको लाभांश वितरण गर्न नवौ र दशौ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले पुष २९ गते विहान ११ बजे आर्मि अफिसर्स क्लब भद्रकालीमा सभा बोलाएको हो।

    साधारण सभामा बैंकले गत आर्थिक वर्षको वितरण हुन बाँकी रहेको १६ करोड ८३ लाख रुपैयाँ बराबरको बोनस समेत गरी ८ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस १६ गते बुकक्लोज गर्ने भएकोले पुस १५ गतेसम्म कायम शेयरधनीहरुले बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।

    प्रतिक्रिया
    थप समाचार