Online Nepal शुक्रबार, बैशाख २१ २०८१

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड


मध्यान्तर
  • शुक्रबार, पुष १० २०७७

  • काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ  शुक्रबार बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सर्वसाधारणलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएको हो ।

    कम्पनीको आईपीओमा १० लाख ४९ हजार ४७ जनाको  आबेदनबाट २ करोड ७८ लाख २१ हजार १६० कित्ता शेयरको लागि २ अर्ब ७८ करोड रुपैयाँ बराबरको आबेदन परेको थियो  । कुल १० लाख ५१ हजार ११६ जना मध्ये २ हजार १६९ आबेदनबाट प्राप्त भएको ४७ हजार ७२० कित्ता शेयर आबेदन रद्द भएको छ । माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड गर्दा ५ लाख ४० हजार आवेदकले मात्रै न्युनतम १० कित्ता शेयर पाएका छन् । बाँकी रहेका ५ लाख ९ हजार ४७ जना अर्थात कुल आवेदक मध्ये ४८.६२ प्रतिशतले शेयर पाएनन् ।

    कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।

     

     

    प्रतिक्रिया
    थप समाचार