Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई धितोपत्र बोर्डबाट आईपिओ निष्कासन गर्ने अनुमति

नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई धितोपत्र बोर्डबाट आईपिओ निष्कासन गर्ने अनुमति


मध्यान्तर
  • आइतबार, पुष १२ २०७७

  • काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले धितोपत्र बोर्डबाट प्राथमिक  सेयर  (आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले  शुक्रबार  कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको हो ।

    बैंकले आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता साधारण सेयर निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर बिक्रीको अनुमति माग गर्दै २०८८ मंसिर ८ गते बोर्डमा आवेदन लिएको थियो ।

    मंसिर ३ गते सम्पन्‍न वार्षिक साधारणसभाबाट कम्पनीले आईपीओ निष्कासन प्रस्ताव पारित गरेको थियो । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको छ भने कम्पनीको आईपीओ प्रत्याभुकर्ता (अन्डरराइटर)मा नागरिक लगानी कोष छ ।

    कम्पनीले निष्कासन गर्न लाइफका आईपीओ धितोपत्र बजामा अहिलेसम्मकै ठूलो हो । अधिकृत पुँजी ३४० अर्ब जारी पुँजी २० अर्ब र हाल चुक्ता पुँजी १२ अर्ब रहेको बैंकले जारी पुँजीको ४० प्रतिशत बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको हो । आईपीओ बिक्री पछि २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्ने बैंकको संस्थापक र साधारण सेयर संरचना अनुपात ६०-४० प्रतिशत हुनेछ ।नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वित्तीय कारोबार २०७५ फागुन २२ मा सुरु भएको हो । बैंकले माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत पाएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार