Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कुमारी बैंकको एकैदिन ८ वटा शाखा संचालनमा

कुमारी बैंकको एकैदिन ८ वटा शाखा संचालनमा


मध्यान्तर
  • मंगलबार, पुष १४ २०७७

  • काठमाडौँ । कुमारी बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना  थप ८ नयाँ शाखाहरूको खोलेको छ।

    मंगलवार काठमाडौँस्थित खुसिबुँ, पानीपोखरी, मालिगाँउ, नरेफाट, नयाँ पाटी, बाफल, मैतिदेवी र यसैगरी, उपत्यकाबाहिर मोरङ स्थित बेलबारी गरी कूल ८ शाखाहरूको संचालन ल्याएको छ ।

    बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने योजना बनाएको छ।

    बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले १८७ वटा शाखाहरु, १५२ वटा एटिएम्हरु तथा १३ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखाविहिन युनिटहरुद्घारा सेवा दिइरहेकोमा थप ८ वटा शाखा पश्चात अब बैंकको कुल शाखा सञ्जाल १९५ पुगेको छ। हालसम्म बैंकले नवीन्तम डिजीटल प्रोडक्ट मार्फत आफ्नो ग्राहकहरुलाई सेवा दिदै आएको छ र आउँदा दिनहरुमा अझ सशक्त रुपमा डिजीटल प्लेटफम बाट आफ्ना पहुँच बढाउँदै जाने बैंकले जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार