Online Nepal शनिबार, जेष्ठ ५ २०८१

युक्रेन द्वन्द्वका कारण प्रभावित भएका २४४ नेपाली सुरक्षित स्थानमा पुगे

युक्रेन द्वन्द्वका कारण प्रभावित भएका २४४ नेपाली सुरक्षित स्थानमा पुगे


मध्यान्तर
  • सोमबार, फाल्गुन १६ २०७८

  • काठमाडौं  । युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित  गन्तव्यमा पुगेका छन् ।

    गैरआवासीय नेपाली संघ एनआरएनए द्वारा गठित ‘रुस(-युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ ।

    सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले युक्रेन छाडेर पोल्याण्डामा ६०, स्लोभाकिया र रोमानियामा १२-१२, हङ्गेरीमा चार र माल्डावामा दुईजना सकुशल पुगेका जनाएको छ ।

    सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको सीमामा दुई नेपालीहरु दोस्रो मूलुक जान रोकिएका छन् ।

    प्रतिक्रिया
    थप समाचार