Online Nepal शुक्रबार, चैत्र १६ २०८०

नेपालमा प्रजातन्त्रका लागि वलिदान दिने अमर सहिदहरुको सम्मान गरौं !

नेपालमा प्रजातन्त्रका लागि वलिदान दिने अमर सहिदहरुको सम्मान गरौं !


मध्यान्तर
  • आइतबार, माघ १६ २०७८

  • –दीर्घराज प्रसाई

    नेपालको प्रजातान्त्रिक इतिहासमा चार अमर शहीद र राजा त्रिभूवनको ठूलो देन छ । विक्रम सं वं. १९९७ साल माघ महिनामा चार महापुरुष शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठहरु राणाको जहानीया शासनको बिरुद्ध सहीद बनेपछि नेपालमा प्रजातन्त्र स्थापनाको बाटो खुलेको थियो । विक्रम सं.वं.१९९७ साल माघ ९ गते राती अमर सहिद शुक्रराज शास्त्रीलाई टेकुको एक रुखमा झुण्डाएइएको थियो । त्यस्तै माघ ११ गते धर्मभक्तलाई सिफलको रुखमा झुण्डयाइयो । दशरथचन्द र गंगालाललाई शोभा भगवतीपूर्व बिष्णुमती किनारमा माघ १५ गते निर्ममता पूर्वक गोली ठोकेर मारिएको थियो । सहिदहरुको लाशलाई सर्वसाधारणलाई त्रसित गराउन प्रदर्शन समेत गरियोे । नेपालमा जहानीयाँ राणा शासनको अत्याचारको पराकाष्ठा नाघि सकेको थियो । त्यस अवस्थामा नेपालमा प्रजातन्त्र स्थापनाको लागि कुनै न कुनै प्रकारको समर्पण देखाउनु पर्ने अवस्था आइसकेको थियो । राणा शासन विरद्धमा प्रचण्ड गोर्खा नामक संस्था खोलेको अभियोगमा खड्गमान सिंहलाई भद्रगोल जेलभित्र पिंजरामा राखिएको थियो । विं.सं. १९९३ साल जेष्ठ २० मा ओमबहालमा राणा शासनको बिरुद्ध प्रजापरिषदको जन्म भएको थियो । विं.सं. १९९७ जेष्ठ २० मा प्रजापरिषदको जन्म हुँदा रामहरि शर्मा त्यस्को महामंत्री बनेका थिए । त्यसरी राणा शासन बिरुद्ध लागेकाहरुको खोजी कार्य तीब्र बनाउन थालेपछि कैयौ बिद्रोहीहरु खोजी खोजी पक्राउ गरिन थालिएको थियो । सबै कैदीहरुलाई सजायँ सुनाउनु भन्दा तीन महिना पहिलादेखि सिंहदरबारमा ल्याएर राखिएको थियो ।

    २०९७ सालमा कस्लाई मृत्यूदण्ड दिने र जन्मकैद गर्ने सबै बिवरण सहितको फैसला पद्म शमशेरले सुनाएका थिए । तीन महिना सिंहदरबारभित्र कैदमा राख्दा हरेकदिन वयानमा कोर्रा लगाइन्थ्यो । एक दिन कोर्रा हानेको बेलामा गणेशमान सिंहलाई असह्य भएर जोडदारसित कराएका थिए–‘मृत्यूसँग किन डराउने, हान जति हान्छन् कोर्रा ।’ शुक्रराज शास्त्रीसँग जुद्धशमशेर धेरै आत्रोसित भएर उनलाई देखाउँदै भन्थ–‘नाइके यही हो ।’ स्नातक गरेका शुक्रराज शास्त्रीले ‘नागरिक अधिकार समिति’ मा संलग्न रहेर राणा शासन बिरोधी आन्दोलनमा संलग्न रहेकाले राणाहरु उनीसँग आक्रोशित थिए । दशरथ चन्दलाई कोर्रा हान्दा जोडदार कराएका थिए– ‘मलाई मारे पनि म भूत भएर राणालाई खान्छु– खान्छु ।’ राजा त्रिभूवनसँग जुद्धशमसेर आगो थिए । राजा त्रिभूवनको राणा बिरोधी प्रजापरिषदको आन्दोलनमो हात छ भन्ने ठानेर राजा त्रिभूवन, युवराज महेन्द्र, अधिराजकुमारहरु हिमालय तथा बसुन्धारा समेतलाई राणाको कथित सैनिक इजलासमा ल्याएर पटक–पटक केरकार गरिएको थियो । सजाय सुनाइसकेपछि मृत्यूदण्ड पाउनेहरुलाई अर्कैतर र अरुहरुलाई भद्रगोल जेलमा लगर थुनेको थियो । गणेशमान सिंह समेत सर्वश्वहरण सहित जेल परेकामा उनले जेलबाटै भागेर प्रजातन्त्र स्थापनाको लागि अरु सक्रिय बनेका थिए । यी सबै सहिद तथा जिउँदा सहिदहरु वैधानिक राजतन्त्र तथा प्रजातन्त्रको लागि पूर्णतः आफूहरुलाई समाहित गरेका थिए ।

    टंकप्रसाद आचार्य, रामहरि शर्मा ब्राह्मण भएकाले चारपाटा मुडेर सर्वश्व सहित जन्म कैद गरिएको थियो । उहाँहरु सँगै राणा शासन बिरोधी अभियोगमा परेका गोविन्दप्रसाद उपाध्याय, चुडाप्रसाद शर्मा, हरिकृष्ण श्रेष्ठ, सिद्धिचरण श्रेष्ठ, धर्मरत्न यमी, फत्तेबहादुर, चीनियालाल, पं. मुरलीधरहरु जन्म कैद भए । २००३ मा विराटनगरमा मजदूर हडतालले महत्वपूर्ण स्थान प्राप्त ग¥यो । २००४ को अन्त्यमा नेपाल राष्ट्रिय कांग्रेस अवैध घोषित गरियो । यस्ता अनेको संघर्ष र जनअभियानलाई सहितहरुबाट पे्ररित गराएकोले प्रजातान्त्रिक क्रान्तिले मूर्तरुप लियो । राजा त्रिभूवनबाट जहानीया राणा शासनको विरुद्धमा २००७ सालमा श्रीपेजलाई दाउमा पारेर, देशभित्र प्रजातन्त्र ल्याउन, जनतासँग मिलेर नारायणहिटी नछोडेका भए अमर शहीदहरु– शुक्रराज शास्त्री, धर्मभत्त माथेमा, दशरथचन्द, गंगालाल श्रेष्ठको सपना राणाहरुले साकार बन्न दिने थिएनन् । राणाहरुले दबाउँथे । राजा त्रिभुवन र प्रजातन्त्रवादी नेपालीहरुले आफू र नेपाली जनतालाई बन्दनबाट मुक्त गराउदै राणाहरुलाई चुनौति दिएर प्रजातन्त्र स्थापित गराई छोडे ।

    चारजना अमर शहीतहरुलाई भुण्डाएर र गोली ठोकेर मारेपछि राजा त्रिभूवनबाट राणा शासन बिरद्ध शसक्त भएर लाग्नु भनेको प्रजातन्त्रको लागि त्योबेलाको बलियो नेतृत्व थियो । राजा त्रिभूवन शहीतहरुका प्रणेता भएकाले उनको सक्रियबाट नैं त्यत्ति छिटै प्रजातन्त्र प्राप्त गर्न सकेका हो । सर्वश्वहरण तथा जन्म कैद भएका योद्धाहरु पछि २००७ सालको क्रान्तिपछि जेलमुक्त भएका थिए । नेपालमा प्रजातन्त्रको उदयपछि मात्र २००७ सालमा मात्र उहाँहरु जेलमुक्त भएका थिए । उहाँहरुसँगै राणा शासन बिरोधी अभियोगमा परेका गोविन्दप्रसाद उपाध्याय, चुडाप्रसाद शर्मा, हरिकृष्ण श्रेष्ठ, सिद्धिचरण श्रेष्ठ, धर्मरत्न यमी, फत्तेबहादुर, चीनियालाल, पं. मुरलीधरहरु जन्मकैदबाट २००७ सालको क्रान्तिपछि जेलमुक्त भएका थिए । महावीर स्कूल खोलेर राणा बिरोधी क्रियाकलाप गरिएको भनेर चिनीयालाल सिंहलाई जन्मकैद दिइयो र उनको र बलबहादुर पाण्डे जेलभित्रै मरका थिए । गणेशमान सिंह २००१ असारमा जेलभित्रैबाट भागे । सिद्धिचरण श्रेष्ठ तथा केदारमान व्यथितहरु जस्ता कैर्यौ जेलभित्रै कोचिएका थिए । राणा शासनको आक्रोसमा सिद्धिचरण श्रेष्ठ कविता लेखेबा थिए– ‘बिखालु किट जन्मेर फैलाए रोग बेगिन्ती, स्वदेशी हुन् भनी खाली नमारौं के किरालाई ?’

    २००७ साल भन्दा अगाडि राजा पनि कैदी जस्ता थिए । विदेशीको आँखा छल्न राष्ट्राध्यक्ष सोरुप राजाहरुलाई जवरजस्त हस्ताक्षर गर्न लगाइन्थ्यो । के मा हस्ताक्षर गरिएको कुरा पनि राजालाई जानकारी दिइदैनथ्यो । युवराज त्रैलोग्यले राणहरुको बिरोधमा सक्रियता देखाएको भने बिष खुवाएरु मारिएको थियो । तर राजा त्रिभूवनले भित्रभित्रै निरंकुश शासनबाट मुक्त हुन प्रजातन्त्रवादी व्यक्रि र अमर सहिदहरुको नेतृत्वका प्रेरक बनेकाले नेपालमा प्रजातन्त्र स्थापना हुन सकेको हो । राजा र जनताको नेतृत्व र सक्रियताबाट नैं नेपालको एकीकरण र प्रजातन्त्रको स्थापना हुन सकेको हो । राजा त्रिभूवनलाई फसाउन राणाहरुबाट विवादस्पद् लालमोहर पनि राजाकै नामबाट गराइनन्थे । राजा त्रिभूवनले लुकीलुकी प्रजातान्त्रिक योद्धाहरुलाई भेट्ने र उनीहरुबाट गोप्य कागजपत्र, अनेकौ उपाय गरेर, राजा त्रिभूवन समक्ष पु¥याइन्थ्यो । राजा त्रिभूवनबाट पनि गोप्य रुपमा त्यसको प्रति उत्तर जाने गथ्र्यो । आपूm समेत बन्दनबाट उम्केर प्रजातन्त्रलाई संस्थापना गर्न राजा त्रिभूवनको ठूलो योगदान थियो । राजा त्रिभूवनको सेवामा रहेकी नर्स एरिकाले लेखेको पुस्तक र गणेशमान सिंहको भनाई, कम्पाउण्डर चन्द्रमान, खड्गमान सिंहबाट लिखित पुस्तक ‘जेलमा बिस बर्ष’ त्रिभूवन स्मृति ग्रन्थ तथा अनेकौं ज्यूँदा सहिदहरुको भनाई बाट थाहा हुन्छ बीपी कोइराला, मात्रृकाप्रसाद कोइराला लगायत धेरै प्रजातान्त्रिक योद्धाहरु प्रवासमा नैंं राणा शासनको बिरद्ध कार्यक्रम जारी राखिरहे ।
    २०६२ सालपछि भारतले आफ्रनो गुप्तचर संस्था ‘रअ’ लाई अघिसारेर नेपाल माथि गरेको नाङ्गो हस्तक्षेपको कारणले नेपालको अस्मिता माथि ठूलो संकट आएको छ । नेपाली कांग्रेसका गिरिजा, एमालेका माधव नेपाल र माओवादीका प्रचण्ड २०६२ मंसिरमा कथित १२ बुँदै सहमतिमा हस्ताक्षर गरेर नेपालको स्वाभिमानसँग खेलवाड गर्ने काम गरेकाले यो कलंकबाट अहिले सम्म नेपालले मुक्ति पाउन सकेका छैनन् । त्यही बेला देखि नेपाल ओरालो लागेको छ । २०६३ सालको जनआन्दोलनको लगत्तै अमर शहीद र राजा त्रिभूवनको विषयमा अनर्थमा विवाद उठाउने काम गरियो । जनआन्दोलनमा मारिएका कैयौ व्यक्तिहरुलाई समेत अन्ध धुन्धमा सहीद घोषणा गरिएकाले १९९७ का चार अमर सहीदहरुलाई समेत ओझेलमा पार्न खोजिएको छ । माओवादीका नेता बाबुराम भट्टराई २०६८ साल भदौमा प्रधानमंत्री बनेपछि उनले राजा त्रिभूवनको शालीकलाई सहीद गेटबाट हटाउने निर्णय समेत गराएका थिए । तर यो उनको राजा त्रिभूवनप्रतिको प्रतिशोध थियो । उनले बुझ्नु पर्ने हो कि राजाको हैसियतले मात्र राजा त्रिभूवनको मूर्तिलाई शहीदगेटमा राखिएको होइन, । राजा त्रिभूवनले नेतृत्व नगरेको भए २००७ सालमा प्रजातन्त्र आउने थिएन । राजा त्रिभूवनले नेतृत्व नगरेको भए शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त, गंगालालहरु पहिला–पहिला मारिएका सर्वसाधारण जस्तो हराउन सक्थे ।

    सन् १८६८मा जापानमा राजाको नेतृत्वमा मेजी रेष्टुरेसनबाट निरंकुश राणाहरु जस्तै सगुनहरुको जहानियाँ निरंकुश शासन समाप्त गरेर प्रजातन्त्रको जग बसालिएको थियो भने सबै राजा त्रिभूवनबाट पनी त्यस्तै योगदान भएको कुरालाई बिर्सनु हुन्न । प्रजातन्त्रको लागि २००७ सालमा राजा त्रिभूवनले गद्दी त्याग गरेर भारतको सहयोगको आशामा दिल्लीमा पुगे । राजा त्रिभूवनले अमर सहीदहरुप्रति सम्मान गरेर प्रजातन्त्रको लागि समयमा कदम चालेकाले २००७ सालमा प्रजातन्त्रको उदय हुन सकेको हो । यसकारणले पनि श्री ५ त्रिभूवन र अमर चार सहीदहरुसँग सम्मान गर्ने गरिन्छ । १९९७ सालमा अमरत्व प्राप्त गरेका चार अमर सहिदहरु वैधानिक राजतन्त्रको पक्षपाती थिए । अमर सहिदहरुको राजा त्रिभूवनसँग राम्रो सम्पर्क थियो । इतिहास र पुरातात्विक भइसकेका कुनै पनि शालीक तथा स्मारकहरुको संरक्षण गर्ने काम सरकारको हो । अतः हामी सबैले २०७८ सालको माघ महिनामा अमर सहीदहरुको महान त्याग तथा कुर्वानीको लागि सम्मानकासाथ श्रद्धाञ्जी अर्पण गरौं ।

    दीर्घराज प्रसाई

     

     

     

    प्रतिक्रिया
    थप समाचार