Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सिटी एक्सप्रेसको ‘दसैं तिहारमा उपहारको बहार’ योजनाको विजेताले पाए सामसुङ स्मार्ट टिभी

सिटी एक्सप्रेसको ‘दसैं तिहारमा उपहारको बहार’ योजनाको विजेताले पाए सामसुङ स्मार्ट टिभी


मध्यान्तर संवाददाता
  • आइतबार, माघ ५ २०७६

  •  

    काठमाडौं । नेपालको अग्रणि रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेसले ‘दशैं तिहारमा उपहारको बहार’ योजनामा सहभागिमध्ये विजेता हुनेको नाम सार्वजनीक गरेको छ । यो योजना २०७६ भाद्र १५ देखि पौष १५ सम्म सञ्चालन गरिएको थियो । तोकिएको समय अवधिमा उत्कृष्ट व्यवसाय गर्न सफल व्यक्तिहरु विजेता भएका छन् ।

    विजेता हुनेमा नेपालटारस्थित एभरसेफ मनि ट्रान्सफरका सरला अधिकारी र रानीबारीस्थित अक्सफोर्ड नेपालमनि ट्रान्सफरका संचालक पिताम्बर सापकोटा रहेका छन् ।

    सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनलले विजेताहरुलाई उपहार योजनामा घोषणा गरिएअनुसार ३२ र ४३ इन्चको सामसुङ स्मार्ट टिभी प्रदान गरेका छन् ।

    प्रतिक्रिया
    थप समाचार