Online Nepal शनिबार, जेष्ठ ५ २०८१

उपत्यकामा विहिबार थप ७५५ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ६०९ जना संक्रमित

उपत्यकामा विहिबार थप ७५५ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ६०९ जना संक्रमित


मध्यान्तर संवाददाता
  • बिहिबार, असोज ८ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंका ६ सय ९ जना, भक्तपुरका ५१ जना र ललितपुरका ९५ जना छन् ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालभर थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै ४५७ निको भई घर फर्किसकेका छन् ।

    यस्तै हालसम्म ५० हजार ४११ जना डिस्चार्ज हुँदा क्वारेन्टिनहरुमा ६ हजार ५६५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएपछि मृतकको कुल संख्या ४५३ पुगेको मन्त्रालयले जनाएको छ ।

    यस्तै देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार