Online Nepal आइतबार, जेष्ठ ६ २०८१

देशैभर पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना संक्रमण, ११४७ जना निको भए

देशैभर पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना संक्रमण, ११४७ जना निको भए


मध्यान्तर संवाददाता
  • शनिबार, असोज १० २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमार्फत उललेखित संख्यामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

    त्यसैगरी मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा ११ सय ४७ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५३ हजार १३ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको कोरोनाले मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४६७ पुगेको डा. गौतमले जानकारी दिए ।

    मन्त्रालयका अनुसार २२४ जनाको आईसीयूमा उपचार भइराखेको छ भने २७ जनालाई भेन्टिलेटरमा राखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार