Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपत्यकामा पछिल्लो २४ घण्टामा ७२४ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ५८३ जना

उपत्यकामा पछिल्लो २४ घण्टामा ७२४ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ५८३ जना


मध्यान्तर संवाददाता
  • शनिबार, असोज १० २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप ७२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमार्फत काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना गरी ७२४ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका छन् ।

    त्यस्तै देशैभर पछिल्लो २४ घण्टामा थप १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएको संख्यासहित कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८२१ पुगेको छ ।

    त्यसैगरी मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा ११ सय ४७ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५३ हजार १३ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको कोरोनाले मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४६७ पुगेको डा. गौतमले जानकारी दिए ।

    मन्त्रालयका अनुसार २२४ जनाको आईसीयूमा उपचार भइराखेको छ भने २७ जनालाई भेन्टिलेटरमा राखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार