Online Nepal शनिबार, जेष्ठ ५ २०८१

भरतपुरको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले दिए बागी उम्मेदवारी

भरतपुरको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले दिए बागी उम्मेदवारी


मध्यान्तर
  • सोमबार, बैशाख १२ २०७९

  • काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेदवारी दर्ता गरेका छन्।

    जिल्ला पार्टी कार्यालयमा आइतबार भएको भेलामा पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका थिए। उनलाई उम्मेदवार बन्न कांग्रेसका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमिति सदस्य मीना खरेलले समर्थन गरेका छन्।

    भरतपुर महानगरको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय गठबन्धनमा भएपछि जिल्लाका नेता कार्यकर्ताहरूले विरोध गर्दै आएका छन्। गठबन्धनबाट माओवादीकी रेनु दाहाल भरतपुरको मेयरको उम्मेदवार बनेकी छन्।

     

    प्रतिक्रिया
    थप समाचार