Online Nepal शनिबार, जेष्ठ ५ २०८१

अमेरिकामा पढ्ने नेपाली बिद्यार्थीलाई ११ करोड १० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्न अदालतको आदेश

अमेरिकामा पढ्ने नेपाली बिद्यार्थीलाई ११ करोड १० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्न अदालतको आदेश


मध्यान्तर
  • बिहिबार, जेष्ठ १२ २०७९

  • काठमाडौं । अमेरिकाको सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालले शल्यक्रियामा लापरबाही गरेको भन्दै त्यहाँको अदालतले एक नेपाली बिद्यार्थीलाई ११करोड १०लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने भएका छन् । अमेरिकाको मिनियसोटास्थित अदालतले नेपाली विद्यार्थी अनुज थापालाई उक्त रकम बराबर क्षतिपूर्ति भराउन आदेश दिएको छ । अमेरिकी समाचार संस्था एपीका अनुसार अदालतले गत साता तोकेको उक्त क्षतिपूर्ति राज्यको अहिलेसम्मकै  ठूलो व्यक्तिगत क्षतिपूर्ति हुनसक्ने बताएको छ ।

    थापाले तीन वर्षअघि सन् २०१९ मा अस्पतालविरूद्ध क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गरेका थिए । सन् २०१७ मा फुटबल खेल्ने क्रममा उनको खुट्टामा चोट लागेको थियो । उपचारका लागि सेन्ट क्लाउडमा पुर्‍याइएका उनलाई जाँचको क्रममा खुट्टा भाँचिएको र तत्काल शल्यक्रिया गरिनुपर्ने भनिए पनि अनुज तत्काल शल्यक्रिया गराउने पक्षमा नरहेको बताइएको छ ।

    डा.चाड होलियनको नेतृत्वमा उनको शल्यक्रिया गरिएकोमा भोलिपल्ट बिहान खुट्टामा झन् पीडा भएसँगै शरीरका अन्य भागमा पनि समस्या आएको र अस्पतालले आफ्नो कुरा नसुनेको अनुजले रिटमा उल्लेख गरेका थिए । पीडाको बाबजुद अस्पातलबाट डिस्चार्ज गरिएका थापाको अवस्थामा केही सुधार नआएपश्चात पुनस् अस्पताल भर्ना भएकोमा हड्डी र मांसपेशीमा पहिल्यैदेखि समस्या रहेको र सोही कारण शल्यक्रियापछि समस्या थप बढेको निष्कर्ष अस्पतालले निकालेको थियो ।

    समस्या बल्झिँदै जाँदा अनुजले अहिलेसम्म १२ वटा शल्यकृया गरेकोमा अस्पतालको लापरबाहीको कारण खुट्टा नै चलाउन नसक्ने अवस्थामा पुगेको समाचारमा जनाइएको छ ।

    अनुजले चिकित्सकीय लापरबाहीका कारण आफू शारीरिकरूपले अपांगता भएको दाबी गर्दै अस्पतालमा मुद्दा हालेका हुन् । अदालतमा लामो सुनुवाइपश्चात अनुजको पक्षमा फैसला भएको हो ।यद्यपि अस्पतालले सुरूदेखि नै थापाको उपचार र शल्यक्रिया निर्धारित मापदण्डअनुसार नै भएको दाबी गर्दै आएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार