काठमाडौं । वरिष्ठ चिकित्सक डा.गोविन्द केसीले आजदेखि सत्याग्रह सुरू गर्ने भएका छन् । दुइ बुँदे माग राखेर उनले सत्याग्रह सुरू गर्न लागेका हुन् ।
अहिलेको अवस्थामा अन्यायमा पर्ने नागरिकहरुका लागि बोल्नु र दण्डहीनता अन्त गर्नु आफूहरूको कर्तव्य भएको उल्लेख गर्दै विगत लामो समयदेखि यी मुद्दाहरु उठाएर सत्याग्रहसमेत गर्दै आएको बताएका छन् ।