काठमाडौं । हाम्रो नेपाली पार्टी (हानेपा) सरकार गएसँगै चर्को विवाद सुरु भएको छ । पार्टीले बागमती प्रदेश सरकारमा गएका मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको छ ।
शुक्रबार बिहान बागमती प्रदेश राजधानी हेटौंडामा पत्रकार सम्मेलन गरि हानेपाका अध्यक्ष अनन्तराज घिमिरेले पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध मन्त्रीको सपथ लिएका बज्राचार्यलाई कारबाही गर्ने बताए ।
यस अघि केन्द्रीय समितिको बैठकले अहिलेको गठवन्धनलाई समर्थन नदिने निर्णय गरेको र सो निर्णयविरुद्ध बज्राचार्य मन्त्री बनेको भन्दै उनलाइ कारवाही गर्ने अध्यक्ष घिमिरेको भनाइ छ ।
घिमिरेले आफ्नो प्रदेशसभा सभासदलाई सत्तारुढ दलले अपहरण गरेर मन्त्री बनाएको भन्दै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई विकृत राजनितिक संस्कार सिकाएको आरोप लगाए ।