Online Nepal शुक्रबार, बैशाख २१ २०८१

नेपाल यएरलान्समा अख्तियारको छानबिनः वाइडबडी विमान खरिदमा ठूलो अनियमितताको आशंका

नेपाल यएरलान्समा अख्तियारको छानबिनः वाइडबडी विमान खरिदमा ठूलो अनियमितताको आशंका


मध्यान्तर
  • बिहिबार, असोज १८ २०७५

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल बायु सेवा निगममा पुनः प्रवेश गरेको छ । नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिदमा ठूलो अनियमितता भएको भन्दै छानविनका लागि अख्तियार निगम प्रवेश गरेको हो ।

    प्रतिनिधिसभा राज्य व्यवस्था समितिका बुधवार बसेको बैठकमा अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले निगमको वाइडबडी जहाज खरिदमा भएको अनियमितामाथि छानविन सुरु भइसकेको जानकारी दिए । उनले भने– ‘भ्रष्टाचारमा संलग्न जो–कोहीलार्ई कारवाहीको दायरामा ल्याउँछौं । यसैको लागि अहिले अख्तियार पुनः निगममा प्रवेश गरेको छ ।’

    निगमले दुइटा वाइडबडी विमान उत्पादक कम्पनीसँग नकिनी बिचौलियासँग करिब २४ अर्ब रुपैयाँमा किनेको थियो । त्यसमा बिचौलियाले नाटकीय कम्पनी खडा गरेको तथ्य बाहिरिएको थियो । त्यसको म्याक्सिमम टेक–अफ वेट (एमटीओडब्लु) समेत सम्झौताभन्दा कम गरी निगमले विमान खरिद गरेको थियो ।

    बैठकमा प्रमुख आयुक्त घिमिरेले आयोगमा सबैभन्दा बढी स्थानीय तहमा भएका भ्रष्टाचारको उजुरी रहेको जनाए । समिति र संसदले यसमा गम्भीर भएर सोच्नुपर्ने उनले औल्याए । ‘यही स्थिति रहे भोलिको नेपाल कस्तो बन्ला ? ’ समितिमा अख्तियार सचिव महेश्वर न्यौपानेले भने, ‘हप्ता हप्तामा स्थानीय तहका भ्रष्टाचारसम्बन्धी पोकाका पोका उजुरी आयोगमा जम्मा हुने गरेका छन्।’

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार