Online Nepal शनिबार, जेष्ठ ५ २०८१

राष्ट्र बैंकको परिपत्रः बाणिज्य बैंकहरुले मंसिर मसान्तसम्म दैनिक २५ किलो सुन आयात गर्न पाउने

राष्ट्र बैंकको परिपत्रः बाणिज्य बैंकहरुले मंसिर मसान्तसम्म दैनिक २५ किलो सुन आयात गर्न पाउने


मध्यान्तर
  • सोमबार, असोज २२ २०७५

  • काठमाडौं । नेपाली बजारमा सुनको माग बढीरहेको भन्दै सुन आयातको कोटा बढाउनु पर्ने माग भइरहेको बेला नयाँ कोटा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको लागि दैनिक २५ किलोका दरले सुनको आयात कोटा निर्धारण गरेको हो । राष्ट्रबैंकले वाणिज्य बैंक, विकास बैंक एवंं फाइनान्स कम्पनीहरुलाई सम्बोधन गर्दै जारी गरेको परिपत्रमा दैनिक सुन आयात कोटा बढाइएको उल्लेख गरिएको छ । पुरानो व्यवस्थाअनुसार भने सुनको दैनिक आयात कोटा १५ किलो मात्रै रहेको थियो । तर पछिल्लो समय चाडपर्व सबै सुनको बजार माग बढेका कारण पनि नियमित आपूर्ति बढाउनुपर्ने भएकोले आयात कोटा बढाइएको राष्ट्र बैंकले जानकारी दिएको छ । तर नयाँ बढाइएको आयात कोटा यही मंसिर मसान्तसम्म पनि कायम रहनेछ, नेपाल राष्ट्र बैंकले भनेको छ । एकीकृत निर्देशिका २०७४ लाई संशोधन गर्दै नयाँ दरमा कोटा निर्धारण गरेसँगै अब बैंकहरुले एक सय, दुुई सय र पाँच सय ग्रामको सुन आयात गरी बिक्रीवितरण गर्नुुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । झिकाइएको कुुल सुनमध्ये साबिकको बाग्मती अञ्चलका काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, रसुुवा, नुुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुुपाल्चोक जिल्लामा ५० प्रतिशत सुुन बिक्री गर्नुुपर्ने राष्ट्र बैंकले जनाएको छ । बाँकी रहेको ५० प्रतिशत सुन भने देशका अन्य जिल्लाहरुमा बिक्री गर्नुुपर्ने राष्ट्रबैंकले उल्लेख गरेको छ । सुन आयात कोटा बढाउँदा तस्करी नियन्त्रणमा पनि मद्दत पुग्ने राष्ट्रबैंकले अपेक्षा गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार