Online Nepal बिहिबार, चैत्र १५ २०८०

एभरेष्ट बैंकका ग्राहकहरुलाई सोल्टी होटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकहरुलाई सोल्टी होटलमा १०% छुट


मध्यान्तर
  • बुधबार, फाल्गुन १४ २०७६

  • काठमाडौं । एभरेष्ट बैंक लिमिटेडल र सोल्टी इन्टरप्राइजेज् प्रा.लि.बीच एभरेष्ट बैंकका ग्राहकहरुलाई १०प्रतिशत छुट दिने साझेदारी भएको छ । काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जस्थीत सोल्टी वेस्टइन्डमा जाने ग्राहकलाई उक्त छुट दिने सम्झौता भएको हो । यी पाँच तारे होटल आफ्नो क्षेत्रमा विलासी प्रोपटिज र पौराणिक आतिथ्यप्रतिको योगदानका साथ समृद्ध इतिहास र नेपाली पर्यटन उद्योगमा अग्रणी र प्रख्यात छन् ।

    सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन् । एभरेष्ट बैंक सदैव “सभिर्स वीथ स्माइल” नाराका साथ ग्राहकका लाभ र सन्तुष्टिमा केन्द्रित रहेको छ ।

    एभरेष्ट बैंकको ग्राहक आधार संख्या १० लाख भन्दा बढि रहेको बताइन्छ जुन बैंकिङ्ग क्षेत्रकै उच्च हो । एभरेष्ट बैंक हालै ‘बेष्ट म्यानेज्ड कमर्सियल बैंक– २०१९’बाट सम्मानित हुनुका साथैै क्यामेल्स रेटिङ अन्तर्गत बेष्ट रेटेड कमर्सियल बैंक बन्न सफल भएको छ ।

    बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएम बाट मजबुत सेवा प्रदान गदै आईरहेको जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार