Online Nepal शनिबार, बैशाख ८ २०८१

सेञ्चुरी बैंकद्वारा विद्यार्थीलाई सहयोग

सेञ्चुरी बैंकद्वारा विद्यार्थीलाई सहयोग


मध्यान्तर
  • आइतबार, फाल्गुन १८ २०७६

  • काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको बेलचोक, नारायणगढ शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इच्छा कामना– ६, चितवनस्थित देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुका लागि १२२ थान विद्यालय पोशाक हस्तान्तरण गरेको छ । विद्यालयको २६औं वार्षिक उत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा बालबालिकाहरुको लागि विद्यालय पोशाक बंैकका हेटौंडा क्लस्टर प्रमुख शंकर केसी तथा बेलचोक, नारायणगढ शाखा प्रमुख गणेश प्रसाद शर्माले विद्यालयका प्रध्यानाध्यापक ज्ञानु देबी पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

    बैंकले अन्य जानकारीका लागी आफ्नो वेबसाइट धधध।अभलतगचथदबलप।अयm।लउ तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार