Online Nepal बुधबार, जेष्ठ २ २०८१

बीमा समितिको निर्देशन: कर्मचारीलाई ‘वर्क फ्रम होम’

बीमा समितिको निर्देशन: कर्मचारीलाई ‘वर्क फ्रम होम’


मध्यान्तर संवाददाता
  • बिहिबार, साउन २९ २०७७

  • काठमाडौं । बीमा कम्पनीहले अब ५० प्रतिशत कर्मचारीहरुलाई मात्रै कार्यालय बोलाएर काम गराउनुपर्ने भएको छ । बाँकी ५० प्रतिशत कर्मचारीहरुलाई भने ‘वर्क फ्रम होम’ गर्न बीमा समितिले निर्देशन दिने भएको छ ।

    कोरोना संक्रमणको जोखिम काठमाडौं उपत्यका थप बढे पछि मन्त्रिपरिषद् बैठकले नै आधा कर्मचारी राखेर मात्रै कार्यालयहरु सञ्चालन गराउनुपर्ने निर्णय गरेको थियो । सरकारले गरेको निर्णय कार्यान्वयनका लागि बीमा समितिले बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

    बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले ५० प्रतिशतमात्रै कर्मचारी राखेर काम गराउने निर्णय भएको जानकारी दिए ।

    बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि पनि अब जोरविजोर प्रणाली लागू हुने भएको छ । बैंक तथा बीमा क्षेत्रलाई सरकारले अत्यावश्यक सेवा क्षेत्रको रुपमा राखेको छ ।

    अत्यावश्यक क्षेत्रलाई जोरविजोर प्रणाली लागू नहुने भनिए पनि प्रहरीले भने पास माग्दै बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुलाई बाटोमा रोक्ने गरेको थियो ।

    अब ५० प्रतिशतमात्रै कर्मचारी राखेर कार्यालय सञ्चालन हुने र जोर विजोरको नियम पनि पालना गर्नुपर्ने अध्यक्ष चापागाईंले बताए ।

    प्रतिक्रिया
    थप समाचार