Online Nepal बुधबार, जेष्ठ २ २०८१

सुर्य लाइफको नाफा र बजार हिस्सा दुबैमा वृद्धि

सुर्य लाइफको नाफा र बजार हिस्सा दुबैमा वृद्धि


मध्यान्तर
  • शनिबार, साउन ३१ २०७७

  • काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आम्दानी  र बजार हिस्सामा उल्लेखनीय सुधार  गरेको छ ।  अन्य बित्तीय संस्थाहरु कोरोना संक्रमणको महामारीले खस्किएको अबस्थामा  यो कम्पनीले नाफा र बजारीकरण दुबै पक्षमा सकारात्मक सुधार हासिल गरेको हो ।

    कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा बीमांकीय मूल्यांकन अघि २६ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आव २०७५/७६ मा कम्पनीको त्यस्तो नाफा २० करोड ८६ लाख रुपैयाँ मात्रै थियो । कम्पनीले ५ करोड ४१ लाख अर्थात २५.९३ प्रतिशतले नाफा बढाएको हो ।

    २०७५/७६ मा दुई अर्ब ५५ करोड बीमा शुल्क संकलन गरेको कम्पनीले गत आव २०७६।७७ मा त्यसलाई पनि बढाएर दुई अर्ब ८९ करोड रुपैयाँ पुर्याएको छ । कोरोनाको विषम परिस्थितिमा पनि आफ्नो बीमा शुल्क ३४ करोड अर्थात १३.३३ प्रतिशतले वृद्धि गरेको हो ।

    कम्पनीले हालसम्म तीन लाख ९ हजार ८ सय ८७ वटा बीमा लेख बिक्रि गरेको छ । कम्पनीले प्रति हजार ३८–७३ रुपैयाँको बोनस दर घोषणा गरेको छ । दुई अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार