Online Nepal बुधबार, जेष्ठ २ २०८१

कोरोनाको कहरमा पनि सगरमाथा इन्स्योरेन्सको नाफा २५ प्रतिशतले वृद्धि

कोरोनाको कहरमा पनि सगरमाथा इन्स्योरेन्सको नाफा २५ प्रतिशतले वृद्धि


मध्यान्तर
  • आइतबार, साउन ३२ २०७७

  • सगरमाथा इन्स्योरेन्स कम्पनी ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा२४.९ प्रतिशत अर्थात ७ करोड १४ लाख रुपैयाँ बढी हो।अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।यसअबधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क भने ५० लाख ८१ हजार ले रुपैयाँ घटेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ९८ करोड ९२ लाख रुपैयाँ रहको इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको यहि अवधिसम्ममा घटेर ९२ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ।

    कम्पनीले पुनर्बीमा आयबाट ३२ करोड ७७ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट ९ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ।

    चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ५१ करोड ८६ लाख रुपैयाँ, बीमा कोषमा ६३ करोड १४ लाख रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड १० लाख रुपैयाँ सञ्चित छ।इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी(इपिएस) ३५ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२७ रुपैयाँ ९५ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १५.७३ गुणा कायम भएको छ।त्यस अवधिसम्ममा कम्पनिले १ लाख ४४ हजार २८१ बीमालेख जारी गरी २ अर्ब १९ करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरिसकेको छ। जसमध्ये गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको ४९ हजार ८९३ वटा बीमालेख नविकरण भएको छ।त्यसैगरी, सो अवधिसम्ममा इन्स्योरेन्सले ५ हजार ८४८ वटा दाबी बापत एक अर्ब २ करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ४२७ दाबी बापतको ८७ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

    प्रतिक्रिया
    थप समाचार