Online Nepal बुधबार, जेष्ठ २ २०८१

अबदेखि पब्लिक कम्पनीको साधरणसभा र मतदान इ-भोटिङ बाट

अबदेखि पब्लिक कम्पनीको साधरणसभा र मतदान इ-भोटिङ बाट


मध्यान्तर
  • सोमबार, भाद्र १ २०७७

  • नेपाल धितोपत्र बोर्ड (सेबोन)लेपब्लिक कम्पनीको  साधारण सभामा  इ -भोटिङको व्यवस्था गर्ने भएको छ। सभामा इ भोटिङको व्यवस्था गर्न भन्दै बोर्डले केन्द्रीय निक्षेप प्रणाली ( सिडिएससि)लाई निर्देशन समेत दिएको छ।

    बोर्डले कम्पनी रजिष्ट्रारकाे कार्यालयसँग समन्वय गरी उक्त व्यवस्था गर्न भन्दै निर्देशन दिएको हो। बोर्डले सोही आशयको पत्र  कम्पनी रजिष्ट्रारकाे कार्यालयलाई समेत लेखेको छ ।

    बोर्डको निर्देशन पाएपछि सिडिएससिले उक्त प्रक्रियालाई अघि बढाएको जनाएको छ। सीडिएससिले उक्त व्यवस्था गर्न कम्पनी रजिष्ट्रारकाे कार्यालयलाई समन्वय गरिदिन भन्दै पत्र लेखि सकेको छ ।साधारण सभामा इ भोटिङको व्यवस्था भएसँगै साधारण शेयर धनीले साधारण सभामा भौतिक रुपमा उपस्थित हुनु पर्ने छैन। शेयर धनीले अनलाइनबाटै साधारण सभामा भाग लिन, मतदान गर्न र सञ्चालक समिति समेत चयन गर्न सक्ने छन्। जसले गर्दा प्रोक्सी मतदान को चलखेल रोकिने र कम्पनीको संचालकमा जो पनि हुनसक्ने छ ।

    प्रतिक्रिया
    थप समाचार