नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्टक मार्केट् सम्बन्धित ब्याबसायिक निकायहरुलाइ आफ्ना संचालक तथा कर्मचारीको ३ दिनभित्र कोरोना बीमा गराउन निर्देशन दिएको छ । बोर्डले अनुमति प्राप्त धितोपत्र बजार, क्रेडिट रेटिङ्ग तथा सबै धितोपत्र व्यवसायी तथा ब्रोकर कम्पनी हरुलाई परिपत्र गरी यस्ताे निर्देशन दिएको हो ।
बोर्डले संस्थाकै खर्चमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको कारोना बीमा गराई सो को जानकारी धितोपत्र बोर्डमा पेश गराउन समेत भनेको छ। त्यस्तै, नेपाल सरकारको मापदण्ड बमोजिम कुनै कर्मचारी क्वारेन्टाइन वा आइसोलेशनमा बस्नु परेमा संस्थालाई जानकारी गराई बिदामा बस्न सक्ने ब्यबस्था मिलाइ र निजलाई सो अवधिको तलब नकाट्ने गरी बिदा दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।