Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एनआईसी एसिया क्यापिटल लिमिटेडको १८ प्रतिशत नगद लाभांश पारित

एनआईसी एसिया क्यापिटल लिमिटेडको १८ प्रतिशत नगद लाभांश पारित


मध्यान्तर
  • बिहिबार, भाद्र १८ २०७७

  • काठमाडौं । एनआईसी एसिया बैैंकको सहाायक कम्पनी    एनआईसी एसिया क्यापिटल लिमिटेडकाे चाैँथाे वार्षिक साधारण सभाबाट  १८प्रतिशत नगद  लाभांश पारीत गरेको  छ । बिहीबार सम्पन्न भएकाे उक्त सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा सम्पन्न भएकाे हाे ।सभाले सञ्चालक समितिले पस्ताव गरे अनुरूप हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले अर्थात ३ करोड ६० लाख रूपैयाँ बराबरकाे नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरेकाे छ

    त्यसैगरी, सभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार