Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सिद्धार्थ बैंकको ३अर्बको डिवेञ्चर आउँदै

सिद्धार्थ बैंकको ३अर्बको डिवेञ्चर आउँदै


मध्यान्तर
  • आइतबार, भाद्र २१ २०७७

  • काठमाडौं  । सिद्धार्थ बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासनका लागि रेटिङ गरेको छ ।  इक्रा नेपालले ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ  ।

    बैंकले ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख कित्ता संघसंस्थालाई बिक्री गरिने छ । उक्त  ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने बैंकले जनाएको छ । बैंकले ७ वर्ष अवधिको सिद्धार्थ बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यपिटल लिमिटेडले गर्ने भएको  छ ।

     

    प्रतिक्रिया
    थप समाचार