Online Nepal शनिबार, जेष्ठ ५ २०८१

राष्ट्र बैंकको परिपत्र ३ दिन सबै राजस्व संकलन गर्ने शाखा खोल्नु

राष्ट्र बैंकको परिपत्र ३ दिन सबै राजस्व संकलन गर्ने शाखा खोल्नु


मध्यान्तर
  • सोमबार, भाद्र २२ २०७७

  • काठमाण्डौ । नेपाल राष्ट्र बैंकले  निषेधाज्ञा पनि  सबै बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने काउण्टरहरु खुल्ला गर्न निर्देशन दिइएको छ । नेपाल राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख र ग वर्गका बित्तीय संस्थाहरुलाई सोमबार एक परिपत्र जारी गर्दै निषेधाज्ञाकै अवस्था भए पनि सबै राजश्व संकलन गर्ने शाखा तथा काउण्टरहरु एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने सबै काउण्टरहरु र नेपाल क्लियरिङ हाउस खुल्ला गर्न भनेको हो ।

    केन्द्रीय बैंकले भदौ २३, २४ र २५ गते त्यस्ता शाखा तथा काउण्टरहरु खुल्ला राख्न भनेको छ  । अन्य समयमा भने सर्वसाधारणले सेवा लिनुपर्दा बैंकहरुले सीमित शाखा मात्र खोल्नुपर्ने राष्ट्रबैंकको यसअघिको निर्देशन भएको  थियो । सीमित शाखा मात्र खुल्दा खुलेका शाखाहरुमा सर्वसाधारणको भीड बढी भएर कोरोना संक्रमणको जोखिम बढे पनि यसतर्फ केन्द्रीय बैंक र अन्य निकायको ध्यान जान सकेको छैन ।यता सरकारलाई राजश्व चाहिने बेलामा भने राजश्व संकलन गर्ने शाखा तथा काउण्टर अनिवार्य रुपमा ३ दिन खोल्न भनी गरिएको परिपत्रको करदाता तथा अन्य सर्वसाधारणहरुले भने तीव्र आलोचना गरेका छन् ।

    यसबाट  सरकार र उसका अंगहरु राजश्व संकलनमा मात्र ध्यान दिइरहेका छन् भन्ने देखिन्छ । करदाताहरुले भनेका छन्–‘सर्वसाधारणलाई आवश्यक पर्दा चाहिँ बैंकको सीमित शाखा मात्र खोल्नू भन्ने । तर, राजश्व उठाउनलाई चाहि कोरोनाको डर कहाँ हरायो ? के राजश्व संकलन गर्ने शाखा तथा काउण्टरहरुमा बढ्ने भीडमा चाहिँ कोरोना सर्दैन ?’

    केही उद्योगी व्यावसायिहरुले कोरोनाको जोखिम बढ्ने भन्दै सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गर्ने, तर अर्कोतर्फ कर बुझाउनका लागि चाहिँ बैंक शाखा तथा राजश्व संकलन काउण्टरसम्म कसरी जान्ने भन्ने विषय ध्यान नै नदिई केन्द्रीय बैंकलाई परिपत्र गर्न लगाइएको दाबी गरे ।

    प्रतिक्रिया
    थप समाचार