Online Nepal शनिबार, जेष्ठ ५ २०८१

कामना सेवा बिकास बैंकले ल्यायो प्रोजेक्ट आत्मनिर्भर योजना

कामना सेवा बिकास बैंकले ल्यायो प्रोजेक्ट आत्मनिर्भर योजना


मध्यान्तर
  • मंगलबार, भाद्र २३ २०७७

  • काठमाडौँ । कामना सेवा विकास बैंकले नेपालको बैंकिङ इतिहासमै पहिलो पटक ‘प्रोजेक्ट–आत्मनिर्भर’ अवधारणा को सुरुवात गरेको छ ।व्यावसायिक सोच राखी सुक्ष्म, लघु तथा मध्यम व्यवसायहरु संचालन गर्ने सोच राखेका उद्यमीहरु वा  व्यवसाय शुरु गरी किम कर्तव्य विमूढ भएर बसेका व्यवसायीहरुको व्यवसायिकतालाई निखार्दै व्यवसायमा आवश्यक दक्षता अभिवृद्घि गरी व्यवसायीलाई सफल तथा आत्मनिर्भर बनाउने योजना नै प्रोजेक्ट–आत्मनिर्भर हो ।

    कोरोना भाइरस  को महामारीबाट हाल उत्पन्न  परिस्थितिको  विषम अवस्थामा बैंकले प्रोजेक्ट–आत्मनिर्भरद्वारा स्वरोजगारलाई प्रोत्सहान गर्न तथा आवश्यक सिप/कला/जानकारी उपलब्ध गराइ लक्षित वर्गलाई व्यवसायद्वारा आत्मनिर्भर बन्न सघाउने छ, जसको फलस्वरुप देशको आयात समेतलाई क्रमिक रुपमा घटाउने गरी आत्मनिर्भर नेपालको परिकल्पना उजागर गरी राष्ट्र निमार्णमा महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ ।

    बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको वित्तीय साक्षरता अभिवृद्घि गर्न प्रोजेक्ट–आत्मनिर्भरले उद्यमीहरुलाई व्यवसायमा उत्प्रेरित गरी आत्मनिर्भर बनाउन देशभर छरिएर रहेका आफ्ना १२४ वटा शाखाहरु एवं क्षेत्रीय कार्यालय मार्फत इच्छुकहरुलाई विद्युतीय माध्यमहरुबाट परियोजना छनौट, सीप विकास एवं आवश्यक तालिम संचालन गरी सफल व्यवसायी बनाउने लक्ष्य रहेको बैंकद्वारा प्रकाशित  प्रेस विज्ञप्तिमा उल्लेख गरिएको  छ ।

    प्रतिक्रिया
    थप समाचार