Online Nepal शनिबार, जेष्ठ ५ २०८१

लकडाउन र निषेधाज्ञा अबधिको बैंकको ब्याज र घरभाडा मिनाहाको माग

लकडाउन र निषेधाज्ञा अबधिको बैंकको ब्याज र घरभाडा मिनाहाको माग


मध्यान्तर
  • मंगलबार, भाद्र २३ २०७७

  • काठमाडौं । निषेधाज्ञा तथा लकडाउन अवधीभरको बैंकको ब्याज र व्यवसायिक घरभाडा छुट गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ ।महासंघले लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यवसायमा निकै ठूलो समस्या परेको भन्दै उक्त अवधिभरको बैंकको ब्याज र व्यवसायिको घरभाडा पूर्ण रुपमा मिनाहा गर्ने व्यवस्था मिलाउन सरहकारसँग माग गरेको हो ।

    महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर ५ बुँदे माग पनि अघि सारेको छ । महासंघले बैंकको मात्रै नभइ सहकारी संस्थाहरुबाट व्यवसायीहरुले लिएको ऋणको ब्याजसमेत सरकारले मिनाहा गरिदिनु पर्ने बताएको छ ।

    यस्तै उद्योग–व्यवसायहरुको घरभाडा बन्दाबन्दी अवधिभरको पूर्ण मिनाहाका लागि सरकारले भूमिका खेल्नु पर्ने पनि महासंघले माग गरेको छ ।५ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई बिना धितो सहलियत ऋण दिनु पर्ने, केरुङ नाकामा रोकिएका कन्टेनरहरु छुटाउन पहल गर्नुपर्ने र साना तथा मझौला उद्योगी व्यवसायीहरु समेतको सहभागितामा समन्वय समिति गठन हुनु पर्ने लगायतका मागहरु महासंघले अघि सारेको छ ।निषेधाज्ञाका कारण व्यवसायहरु पूर्ण रुपमा बन्द भएको अवस्थामा बैंकको ब्याज भुक्तानी गर्न नसकिने महासंघले जनाएको छ  । महासंघक अनुसार सरकारले बनाएका नीति निर्देशनहरु सबै मान्न तयार छौं, सरकारले कति दिन घरभित्रै राखेर थुन्छ थुनोस्,, तर हामीलाई पनि त बाँच्ने आधार दिनु पर्यो नि, हामी ऋणको ब्याज र व्यवसायको भाडा यो अवस्थामा तिर्न सक्दैनौ सरकारले ध्यान दिनु पर्यो ।

    प्रतिक्रिया
    थप समाचार