Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

राष्ट्र बैंक भन्छः चार महिनामा ३ खर्ब १२ अर्ब रेमिट्यान्स भित्र्याउँदा ५ खर्ब बाहिरियो

राष्ट्र बैंक भन्छः चार महिनामा ३ खर्ब १२ अर्ब रेमिट्यान्स भित्र्याउँदा ५ खर्ब बाहिरियो


मध्यान्तर
  • बुधबार, पुष ११ २०७५

  • काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासमा ३ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रीएको छ । रेमिट्यान्सले धानेको नेपालको अर्थतन्त्र आयातकै कारण निकै कमजोर अवस्थामा पुगेको छ । प्रतिवेदन अनुुसार उपभोग्य वस्तु आयात गर्दा ५ खर्ब बाहिरीएको छ । यसर्थ आत्मनिर्भर अर्थतन्त्र नहुँदा नेपालको अर्थतन्त्र नै निकै संकुचन हुन पुग्ने गरेको तथ्य अहिलेको चार महिनाको तथ्यांकले देखाउँछ ।

    विदेशीने युवाहरुमा २७ प्रतिशतले ह्रास आए पनि रेमिट्यान्स भित्रने दरमा भएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा झण्डै पाँच खर्ब रुपैयाँ बराबरका वस्तु तथा सेवा नेपालले आयत गरेको छ । आर्थिक वर्ष २०७५(७६ को चार महिनामा कुल वस्तु आयात ३५।८ प्रतिशतले बढेर चार खर्ब ८३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यस तथ्यांकलाई हेर्दा रेमिट्यान्स भित्रिएभन्दा बढि रकम नेपालबाट बाहिर पलायन भएको हो ।

    प्रतिक्रिया
    थप समाचार