Online Nepal बुधबार, जेष्ठ २ २०८१

टीभीएस मोटर्सको बाइक स्कुटर नकिने पनि अपाचे आरआर ३१० मोटरसाइकल जित्न सक्ने योजना सार्वजनिक

टीभीएस मोटर्सको बाइक स्कुटर नकिने पनि अपाचे आरआर ३१० मोटरसाइकल जित्न सक्ने योजना सार्वजनिक


मध्यान्तर
  • मंगलबार, असोज ६ २०७७

  • काठमाडौं । टीभीएस मोटर्सले चाडपर्व योजना सार्वजनिक गरेको छ।   यसापलीको दसैं योजनामा सहभागी हुनेले अपाचे आरआर ३१० मोटरसाइकल जित्न सक्ने भएका छन्। टीभीएस मोटर्सको ‘टीभीएस दसैंको आशा’ योजनाअन्तर्गत हरेक साता एक जना भाग्यशालीले अपाचे आरआर ३१० मोटरसाइकल जित्न सक्ने भएका हुन् ।

    यसको लागि जगदम्बा मोटर्स डटकममा रजिस्टर्ड गर्नुपर्नेछ भने बाइक तथा स्कुटर खरिद गरे पनि नगरे पनि मोटरसाइकल जित्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले हरेक साता फेसबुक लाइभमार्फत एक जना भाग्यशाली विजेता घोषणा गर्नेछ ।टीभीएसको लागि आधिकारिक बिक्रेता  जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘टीभीएस दसैंको आशा’ योजनाअन्तर्गत नै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले ९ हजार नगद छुट प्राप्त गर्नेछन्। ५० प्रतिशत डाउन पेमेन्टमा सवारीसाधन खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल लिन सकिनेछ।

    टीभीएसले अपाचे आरटीआर १६० र २००, अपाची आरटीआर १६० फोर भी र २०० फोरभीसहित ज्यूपिटर, एनटर्क, विगोलगायतका स्कुटर बिक्री वितरण गर्दै आएको छ।

    प्रतिक्रिया
    थप समाचार