Online Nepal बुधबार, जेष्ठ २ २०८१

प्रभु बैंकको सहयात्रा समृद्दिको कर्जा योजना आरम्भ

प्रभु बैंकको सहयात्रा समृद्दिको कर्जा योजना आरम्भ


मध्यान्तर
  • बुधबार, असोज ७ २०७७

  • काठमाडौँ । प्रभु बैँक लिमिटेडले  ‘सहयात्रा समृद्धिको’ नामको कर्जा योजना आरम्भ गरेको छ । नेपाल राष्ट्र बैँकले जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधि २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपाल संगको सहकार्यमा आरम्भ गरिएको हो ।

    सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पो लगायत अन्य सार्वजनिक सवारी साधनहरुमा रोक लगाए सँगै विशेषगरी महिला सफा टेम्पो चालकहरु आर्थिक संकटका बिच बाँचिरहेका छन् । नियमित रुपमा भईरहेको आम्दानी गुमाउनु परेसँगै दैनिक रोजीरोटीको लागी आर्थिक जोहो गर्ननसक्दा  अहिले निकै ठूलो आर्थिक दबाबका बिच आफ्नो घर व्यवहार चलाउन उनिहरु बाध्य छन् ।

    यस कर्जा योजना अन्तर्गत प्रथम चरणमा बैँकले काठमाडौं  उपत्यका भित्रका महिला सफा टेम्पो चालकहरुलाई अधिकतम रु १ लाख  र बिद्दालय शिक्षकहरुलाई अधिकतम रु ४ लाख कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउनेछ ।

    सोही क्रममा यो कर्जा योजना शुभारम्भको अबसरमा काठमाडौँ उपत्यका भित्रका १० जना महिला सफा टेम्पो चालकहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरिएको बैंकले जनाएको छ । यो कर्जा योजना तोकिएका अन्य पेशा, उधम र व्यबसाय साथै काठमाडौँ उपत्यका बाहिर पनि क्रमशः लागु गर्दै जाने जनाएको छ ।

    ‘सहयात्रा समृद्दिको’ कर्जा योजना र यसको प्रक्रियामा ग्राहकहरुले कर्जा संगसंगै वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन र अनुशासनको  ज्ञान तथा सीपहरु पनि सिकुन् भन्ने अभिप्राय केन्द्रित गरिएको छ । यस बिषमताको घडिमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मार खेपिरहेका व्यक्ति र व्यबसायहरु यस कर्जा योजनाबाट लाभान्वित हुने बिश्वास बैँकले लिएको छ ।

    प्रतिक्रिया
    थप समाचार