Online Nepal सोमबार, बैशाख ३१ २०८१

सिद्धार्थ बैंकको ३०लाख कित्ता ऋणपत्र असोज १६ गतेदेखि बिक्री खुल्ला

सिद्धार्थ बैंकको ३०लाख कित्ता ऋणपत्र असोज १६ गतेदेखि बिक्री खुल्ला


मध्यान्तर
  • बिहिबार, असोज ८ २०७७

  • काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले ३ अर्व बराबरको ३० लाख कित्ता ऋणपत्र असोज १६ गतेदेखि बिक्री गर्ने भएको छ ।बैंकले प्रति  कित्ता एक हजार रुपैँयामा ८.५० प्रतिशत ब्याजदरमा सात वर्षे ऋणपत्र निष्कासन गर्न लागेको हो । उक्त ऋणपत्रमा छिटोमा असोज २० गते र ढिलोमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ।

    बैंकले निष्कासन गर्ने कुल कित्तामध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी  १२ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ।

    सर्वसाधारणका लागि निष्कासन गर्ने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।बैंकले ऋणपत्रको व्याजदर प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ। ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।  बैंकको ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आईआर ए माइनस एटदरेट रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्ग प्राप्त गर्ने संस्था समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ र यस्ता संस्थाहरुको न्यून कर्जा जोखिम रहेको हुन्छ।

    लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्

    प्रतिक्रिया
    थप समाचार