Online Nepal मंगलबार, जेष्ठ १ २०८१

बैंक तथा बित्तीय संस्थाबाट राष्ट्र बैंकले खिच्यो ३०अर्ब तरलता

बैंक तथा बित्तीय संस्थाबाट राष्ट्र बैंकले खिच्यो ३०अर्ब तरलता


मध्यान्तर
  • बिहिबार, असोज ८ २०७७

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेकोे  ३० अर्ब रुपैयाँ अधिक  तरलता खिचेको छ ।

    अहिले बैंक तथा वित्तीय संस्थाहरुमा २ सय अर्ब रुपैयाँ भन्दा धेरै तरलता रहेको छ । बैंकहरुमा तरलता थुप्रिए पछि राष्ट्र बैंकले २८ दिनका लागि बोलकवोलबाट तरलता खिच्न सूचना जारी गरेको थियो  । जसमध्य ३६ वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएको राष्ट्र बैंकले जनाएको छ  ।

    राष्ट्र बैंकका अनुसार ३६ बैंक तथा वित्तीय संस्थाहरुले ९२ अर्ब रुपैयाँ २८ दिनका लागि निक्षेप राख्न आवेदन गरेका थिए । त्यस मध्येबाट ३० अर्बको डिपोजिट अक्सशन गरिएको हो । त्यसको औसत भारित  ब्याजदर ०.४ प्रतिशत रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार