Online Nepal मंगलबार, जेष्ठ १ २०८१

सांग्रिला डेभलपमेन्ट बैंकले असोज मसान्त सम्मको ब्याज रकममा १२% आकर्षक छुट योजना

सांग्रिला डेभलपमेन्ट बैंकले असोज मसान्त सम्मको ब्याज रकममा १२% आकर्षक छुट योजना


मध्यान्तर
  • शुक्रबार, असोज ९ २०७७

  • काठमाडौँ ।  सांग्रिला  डेभलपमेन्ट बैंक लिमिटेडले कोरोना महामारीबाट परेको असरको मूल्यांकन गर्दै आफ्ना ऋणी ग्राहकहरुका लागि बुझाउन बाँकी असोज मसान्त सम्मको ब्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको छ ।

    बैंकका ऋण लिने ग्राहकहरूले २०७७ असोज मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको  सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी  भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने जनाएको छ । ग्राहकहरुलाई व्याज रकममा छुट गरिंदा २०७७ असार मसान्त सम्मको यस डेभलपमेन्ट बैंकको आधार दर भन्दा कम नहुने गरी छुट दिईने बैंकले जनाएका छन् ।

    तर उल्लेखित व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागु नहुने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । बैंकले ब्याज रकममा प्रदान गर्ने छुटले आफ्ना ग्राहकहरुलाई हालको यस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने  बैंक विश्वस्त रहेको जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार