Online Nepal शनिबार, जेष्ठ ५ २०८१

नेपाल राष्ट्र बैंकले २०अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र (डेभ्लोमेण्ट बोण्ड)  निष्काशन गर्ने

नेपाल राष्ट्र बैंकले २०अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र (डेभ्लोमेण्ट बोण्ड)  निष्काशन गर्ने


मध्यान्तर
  • शनिबार, असोज १० २०७७

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज ११ गते आइतबार २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र (डेभ्लोमेण्ट बोण्ड)  निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गर्न लागेको हो ।

    आइतबार निष्काशन हुने विकास ऋणपत्र २०८६ ’घ’ को अवधि ९ वर्ष रहेको छ । बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक बित्तीय संस्था,बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

    यस्तै इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात १७ अर्ब रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात ३ अर्ब छुट्याइएको छ।

    इच्छुक लगानीकर्ताले असोज ११ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ । ऋणपत्र यही असोज १२ गते निष्काशन हुनेछ भने २०८६ असोज १२ गते साँवा भुक्तानी हुनेछ । यो विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवाार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दोश्रो बजार मार्फत खरिद बिक्री गर्न पनि सकिन्छ ।

    प्रतिक्रिया
    थप समाचार