Online Nepal शनिबार, जेष्ठ ५ २०८१

राष्ट्र बैंकले पुर्नकर्जाका लागि आवेदन  दिने समय बढायो

राष्ट्र बैंकले पुर्नकर्जाका लागि आवेदन  दिने समय बढायो


मध्यान्तर
  • सोमबार, असोज १२ २०७७

  • काठमाडौं। नेपाल राष्ट्र बैंकले पुर्नकर्जाका लागि आवेदन  दिने समय यो महिनाभरी बढाएको छ। कार्यविधि तयार पारेपछि नेपाल राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउन पहिलो पटक प्रस्ताव आह्वान गरेको थियो।

    पुर्नकर्जाको  म्याद असोज १४ गतेसम्म थियो। अहिलेको परिस्थितिलाई ध्यान दिँदै यो महिनाभरी आवेदन दिने ब्यवस्था गरेका राष्ट्र बैंकले जनाएको छ  । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकमुस्ट  रूपमा पुर्नकर्जा उपलब्ध गराउँछ। राष्ट्र बैंकले एकमुस्ट रूपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम    पुर्नकर्जा       साधरण पुनर्कर्जा तथा विशेष पुर्नकर्जा      प्रस्ताव आह्वान गरेको हो।

    यस्तो पुनर्कर्जा कोरिना बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुमा प्रवाहित कर्जाहरुलाई उपलब्ध हुनेछ। बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउने छ। प्रति ग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइने छ। पुनर्कर्जाको ब्याज दर कम्तिमा ३ र बढीमा ५ प्रतिशत हुनेछ।

    प्रतिक्रिया
    थप समाचार