Online Nepal बुधबार, जेष्ठ २ २०८१

धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ सार्वजनिक

धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ सार्वजनिक


मध्यान्तर
  • बुधबार, असोज १४ २०७७

  • कठमाडौं । धितोपत्र बोर्डले  सम्पति सुद्धिकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ सार्वजनिक गरेको हो । बुधबार सार्वजनिक यस्तो म्यानुअल असोज १५ गतेदेखि लागु हुनेछ । यसले धितोपत्र व्यवसायी मार्फत हुने सक्ने सम्भावित सम्पति सुद्धिकरणको जोखिमलाई नियन्त्रण गर्नेछ ।

    यो व्यवस्थाले धितोपत्र व्यवसायीहरुको सम्पति सुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा हुन सक्ने लगानीलाई रोक्ने बोर्डले जनाएको छ  । संसारभर धितोपत्र बजारलाई सम्पति सुद्धिकरणको मुल केन्द्र मानिन्छ । त्यसै कारण पनि धितोपत्र बजारका नियामकहरुले सम्पति सुद्धिकरण रोक्ने बिभिन्न उपाय अवलम्बन गर्दै आईरहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार