Online Nepal सोमबार, बैशाख ३१ २०८१

माछापुच्छ्रे बैंकको १०.४ प्रतिशत लाभांश प्रस्ताव

माछापुच्छ्रे बैंकको १०.४ प्रतिशत लाभांश प्रस्ताव


मध्यान्तर
  • बिहिबार, असोज १५ २०७७

  • काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडलेआर्थिक बर्ष २०७६/७७ को    नाफाबाट  १०.४० प्रतिशत लाभांश प्रस्ताव गरेको  छ। बैंकले कात्तिक ६ गते, बिहीबार बाइसौँ साधारण सभा डाकेको छ त्यही साधरण सभाले लाभांश पारीत गर्नेछ । सो सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजे शुरु हुनेछ। सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, ३.७३ प्रतिशतका दरले बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसन गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त बैंक देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ। माछापुच्छ्रे बैंक लाभांश प्रस्ताव गर्ने पहिलो वाणिज्य बैंक भएको छ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २२ गते शेयर दाखिल खारेजको दर्ता बन्द गर्ने भएको छ। यस अनुसार असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा सभामा सहभागि हुन पाउनेछन्। भिडियो कन्फ्रेन्स मार्फत उपस्थित हुने शेयरधनीहरुलाई मिटिङ्ग आईडि र पासकोड उपलब्ध गराइने बैंकले बताएको छ।

    प्रतिक्रिया
    थप समाचार