Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सिटिजन्सको प्रादेशिक कार्यालय विराटनगरमा

सिटिजन्सको प्रादेशिक कार्यालय विराटनगरमा


मध्यान्तर
  • शुक्रबार, पुष १३ २०७५

  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबार प्रदेश( १ को प्रादेशिक कार्यालय विराटनगरमा स्थापना गरेको छ। उक्त कार्यालयको उद्घाटन समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति थियो।

    प्रदेश- १ अन्तर्गत बैंकका ११ वटा शाखाहरुबाट व्यापार विस्तारका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाईजस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने विश्वास बैंकले लिएको छ।

    “योर पार्टनर फोर प्रोग्रेस”भन्ने नारालाईआत्मसाथ गरी अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवा पुर्‍याँउदै आएको बैंकले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाईबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

    आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ।

    प्रतिक्रिया
    थप समाचार