Online Nepal मंगलबार, बैशाख ११ २०८१

नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण


मध्यान्तर
  • बिहिबार, असोज २२ २०७७

  • काठमाडौं । विश्व बैंकले स् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । बिहीबार दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बै‌ंकले नेपालको आर्थिक वृद्धिदर शून्यमा झर्ने प्रक्षेपण गरेको हो ।

    चालु आर्थिक वर्ष २०७७र७८ मा सरकारले भने ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । विश्व बैंङ्कले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ हुने अनुमान गरेको छ । नेपाल सरकारले भने आर्थिक वर्ष २०७६र७७ मा भने नेपाल सरकारले भने २.२७ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको थियो ।

    कोरोना महामारी भर्खरै सुरु हुँदा केन्द्रीय तथ्यांक विभागले उक्त अनुमान सार्वजनिक गरे पनि कोरोना महामारीको असर कायमै रहँदा नेपालको आर्थिक वृद्धिदर कति रह्यो भन्ने विवरण सार्वजनिक गरिएको छैन ।

    प्रतिवेदनका सम्बन्धमा प्रतिक्रिया दिँदै माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले आर्थिक क्रियाकलाप वृद्धि गर्न नेपालले बढी भन्दा बढी लगानीको वातावरण बनाउनु पर्ने बताउँछन् । अनौपचारिक क्षेत्रमा परेको मारले चरम गरिबी बढाउने भन्दै उनले भौतिक पूर्वाधार निर्माण र अनौपचारिक क्षेत्रमा वित्तीय पहुँचले बढावा पाउनु पर्ने बताए ।

    विश्व बैंकका अनुसार नेपालमा अनौपचारिक व्यवसायमा करीव ५० प्रतिशत उद्यमी रहेका छन् । उनीहरु नै अधिकांश श्रमजिवीको कमाइका मूख्य स्रोत हुने छ । कोरोनाका कारण शहरी अनौपचारिक क्षेत्रका कामदार र तीनका परिवार सबैभन्दा बढी जोखिममा रहेका छन् ।

    ग्रामीण भेगमा भने कम्तिमा खेतपातीका माध्यमबाट समेत निर्वाह चल्ने विश्व बैंकले उल्लेख गरेको छ । अनौपचारिक क्षेत्रलाई तत्काल चलायमान बनाउँदा कोरोना भाइरसको संक्रमण झन् तीब्र रुपमा बढ्ने भएकाले नेपालले दोहोरो संकटको अवस्था भोग्नुपर्ने चेतावनीसमेत विश्व बैंकले दिएको छ ।

    प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले सरकारलाई सर्वव्यापी सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन सुझाव दिएको छ । बढी उत्पादकता, सीप विकास र मानव पूँजीलाई टेवा पुर्‍याउने नीतिको विकास गर्न समेत बैंकले सरकारलाई  सुझाव दिएको छ ।

    प्रतिक्रिया
    थप समाचार