Online Nepal आइतबार, जेष्ठ ६ २०८१

मेगा बैंकले ल्यायो ग्राहकहरुलाई अकर्षक सुविधा

मेगा बैंकले ल्यायो ग्राहकहरुलाई अकर्षक सुविधा


मध्यान्तर
  • मंगलबार, पुष १७ २०७५

  • काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुका लागी आकर्षक सुविधा ल्याएको छ । बैंकले राजधानीका आठ वटा शाखाहरुमा ग्राहकका लागि मंगलबारबाट विशेष सुविधा सुरु गरेको हो ।

    बैंकमा सेवा लिन आउने ग्राहकहरुको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको बैंकले जनाएको छ । उनीहरुलाई ग्राहकहरुको बैंकिङ्ग आवश्यक्तालाई हेरविचार गर्ने विशेष जिम्मेवारी दिइएको छ ।

    अंग्रेजी नयाँ बर्षको अवसर पारेर राजधानीभित्रका आठवटा शाखाहरुमा नमुनाका रुपमा सुरु गरिएको यो सुविधा क्रमशः अन्य शाखाहरुमा पनि विस्तार गरिने छ ।

    प्रतिक्रिया
    थप समाचार