Online Nepal शुक्रबार, बैशाख २१ २०८१

वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड भ्रष्टाचार !

वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड भ्रष्टाचार !


मध्यान्तर
  • बुधबार, पुष १८ २०७५

  • काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको छानविन उपसमितिले निष्कर्ष निकालेको छ । लेखा समितिलाई बुझाउने गरी उपसमितिले निकै मेहनत गरेर तयार पारेको प्रतिवेदनमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र तीनजना सचिवलाई मुख्य दोषी ठहर गर्दै भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो । सचिवहरु प्रेमकुमार राई, शंकर अधिकारी र कृष्णप्रसाद देवकोटालाई मुख्य दोषी ठहर गरिएको छ ।

    उपसमितिले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित पूर्वमन्त्री जितेन्द्रनारायण देव र जीवनबहादुर शाहीलाई पनि भ्रष्टाचारको आरोपमा कारवाहीको सिफारिस गरिएको छ । भ्रष्टाचारमा उनिहरु पनि दोषी देखिएकाले तत्काल कारवाही गर्न पनि सिफारिस गरिएको स्रोतले जानकारी दियो ।

    अधिकारी मन्त्री भएपछि दुई किस्ताको रकम पठाइएको थियो । उपसमितिले पर्यटनमन्त्री अधिकारी संसदीय समितिमा झुठो बयान दिएको उल्लेख गर्दैै मन्त्रीको बदनियत देखिएको र उनी जिम्मेबारीबाट पन्छिन नमिल्ने देखिएकाले पनि कारवाही गर्नुपर्ने सिफारिस उपसमितिले गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार