Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सिटिजन्स बैंकको ८१ औं शाखा मोहन्यालमा

सिटिजन्स बैंकको ८१ औं शाखा मोहन्यालमा


मध्यान्तर
  • शुक्रबार, पुष २० २०७५

  • काठमाडौं । सिटिजन्स इन्टरनेसनल लिमिटेडले बैंकले आफ्नो ८१ औं शाखा विस्तार गरेको छ । बैंकले उक्त शाखा कैलालीको मोहन्याल गाउाँपालिकामा विस्तार गरेरसंचालनमा ल्याएको छ ।

    सरकारले वित्तीय पहुँच तथा समावेसिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको कारण बैंकले मोहन्याल शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

    बैंकले दुर्गम क्षेत्रमा १६ वटा शाखाहरु संचालनमा ल्याईसकेको छ । नियमनकारी निकायको निर्देशन अगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरि सकेको थियो । २०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोली सकेको छ ।

    मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङ्ग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति बैंकले सहयोग गरेको बताएको छ ।

    प्रतिक्रिया
    थप समाचार