Online Nepal आइतबार, जेष्ठ ६ २०८१

आईएमई लाइफ इन्स्योरन्स र महालक्ष्मी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

आईएमई लाइफ इन्स्योरन्स र महालक्ष्मी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता


मध्यान्तर
  • मंगलबार, पुष २४ २०७५

  • काठमाण्डौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले हस्ताक्षर गरेका छन् ।

    सो बैंकास्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले महालक्ष्मी विकास बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आई।एम।ई। लाइफ इन्स्योरेन्सको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ ।

    आई।एम।ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६९ भन्दा बढी आफ्ना शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ ।

    प्रतिक्रिया
    थप समाचार