Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

सहुलियतमा ब्याज लिनेको संख्या दैनिक बढ्दो

सहुलियतमा ब्याज लिनेको संख्या दैनिक बढ्दो


मध्यान्तर
  • शुक्रबार, माघ ४ २०७५

  • काठमाण्डौ ।  सहुलियत ब्याजदरमा कर्जा लिनेको संख्या दैनिक बृद्धि भईरहेको छ । सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको दैनिक बढ्दै गएको हो ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गएको मङ्सिर मसान्तसम्म ९ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै पाँच प्रतिशत ब्याज अनुदान दिएको छ ।

    राष्ट्र बैंकको विवरणअनुसार रु १४ अर्ब ३९ करोड बराबरको लगानी भएको छ । कृषि क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ सरकारले व्याज अनुदान दिँदै आएको छ । उक्त कर्जा लिएका व्यक्तिबाट रु ७५ करोड ८२ लाख बराबरको ब्याज अनुदान प्रदान गरिएको छ ।

    यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गरिने पुनःकर्जाको उपयोगसमेत बढेको छ ।

    गएको मङ्सिर मसान्तसम्ममा राष्ट्र बैंकले रु १६ अर्ब ७० करोड पुनःकर्जा लगानीमा गरेको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनः कर्जाको बक्यौता मङ्सिर मसान्तसम्ममा २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

    त्यस्तो कर्जा लिनेको सङ्ख्या एक हजार ५३४ जना रहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार