Online Nepal बुधबार, जेष्ठ २ २०८१
पत्रपत्रिका

आईएनजीओले सरकारलाई विवरण दिदैनन

आईएनजीओले सरकारलाई विवरण दिदैनन


मध्यान्तर
  • शुक्रबार, माघ ११ २०७५

  • काठमाडौं । नेपालमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरुले विवरण लुकाउने गरेका छन् । उनीहरुले गरेका कामहरुको विवरण सरकारलाई बुझाउनु पर्ने हुन्छ । तर, उनीहरुले यसलाई लुकाउने गरेका छन् ।

    आईएनजीओको पारदर्शिताबारे बारम्बार प्रश्न उठिरहदा पनि उनीहरुले सरकारलाई अटेर गरेको समाचार आजको अन्नपुर्ण पोष्टमा छापिएको छ । समाचार अनुसार तिनले परियोजना र खर्चको सबै विवरण सरकालाई बुझाउनुपर्छ। तर, अधिकांशले सरकारलाई विवरण नै दिँदैनन्। थुप्रैले अपारदर्शी तरिकाबाट परियोजना परिमार्जन गराएर खर्चको विवरण लुकाउँने गरेको समाचारमा भनिएको छ ।

    समाजकल्याण परिषदका अनुसार नेपालका २४७ आईएनजीओले काम गर्न स्वीकृति लिएका छन्। तर ६२ वटाले मात्र सरकालाई खर्चको जानकारी दिएका छन्। आर्थिक वर्ष २०४७ ७५ मा ६२ आइएनजीओले ११ करोड अमेरिकी डलर खर्च गरेको रिपोर्ट दिएका छन्। अघिल्ला वर्ष भन्दा विवरण बुझाउनेको संख्या र खर्चको आकारसमेछ घटेको छ।

    अर्थ मन्त्रलाले २०६९र७० देखि वैदेशिक सहायता व्यवस्थापन प्लेटफर्म तयार गरी आईएनजीओमार्फत सञ्चालन हुने परियोजना र खर्चका सम्बन्धमा जानकारी गराउनुपर्ने व्यावस्था गरेको थियो। त्यसपछि जानकारी दिएर खर्च गर्नेहरुको संख्या र खर्चको आकार बढ्दै गएको अर्थ मन्त्रालयको विकास सहायता प्रतिवेदनमा उल्लेख छ।

    प्रतिक्रिया
    थप समाचार