Online Nepal बुधबार, जेष्ठ २ २०८१

सरकारी अनुदानको चामल निजी व्यापारीको भन्दा महंगो

सरकारी अनुदानको चामल निजी व्यापारीको भन्दा महंगो


मध्यान्तर
  • शुक्रबार, माघ ११ २०७५

  • काठमाडौं । सरकारले न्युन आएका भएका उच्च पहाडि तथा हिमाली भेगका बासिन्दालाई वितरण गर्ने चामल निजि व्यापारी भन्दा महंगोमा बिक्रि भैहेको छ । सरकारले खाद्य संस्थान मार्फत वितरण गर्ने हुम्ला, डोल्पा र काठमाडौंमा बिक्री गर्ने जापानी अनुदानको चामल निजी व्यापारीको भन्दा महंगो भएको हो ।

    न्युन आय भएका जनतालई राहत दिन सरकारले वितरण गर्ने अनुदानको चामल नै महंगोमा बिक्रि भएपछि सर्वसाधारणलाई अझ कठिन भएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

    संस्थान स्रोतका अनुसार हुम्लामा संस्थानले तोकेको र निजी व्यापारीको मूल्यामा १६ रुपैयाँको अन्तर छ । सरकारले हुम्लाका लागि प्रतिकिलो ६१ रुपैयाँ निर्धारण गरेको छ ।

    अघिल्लो वर्ष तोकेको मूल्य अहिले पनि निरन्तर छ,’ संस्थानका एक अधिकारीले भने, ‘निजी व्यापारीले प्रतिकिलो ४५ रुपैयाँदेखि ५० रुपैयाँमा बिक्री गरेका छन् । जसले गर्दा अनुदानको चामलमा आकर्षण भएन ।’

    प्रतिक्रिया
    थप समाचार