Online Nepal आइतबार, जेष्ठ ६ २०८१

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४२.७२ ले बढ्यो

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४२.७२ ले बढ्यो


मध्यान्तर
  • सोमबार, जेष्ठ ३१ २०७८

  • काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४२.७२ अंक बढेर ३०२५.८३ विन्दुमा बन्द भएको छ। यस दिन २२१ कम्पनीको १ लाख ७५ हजार ४११ पटकको कारोबारमा १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको ३ करोड ५० लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन कारोबारमा आएका ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, ङादी ग्रुप पावर, ओरियन्टल होटल, सिईडीबी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, यूनियन हाइड्रोपावर, एचआईडिसीएल र सोल्टी होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

    कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ६२ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, अपि पावर र हिमालयन डिष्टिलरीको ५० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

     

    प्रतिक्रिया
    थप समाचार