Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेप्सेमा सामान्य करेक्सन

नेप्सेमा सामान्य करेक्सन


मध्यान्तर
  • मंगलबार, असार १ २०७८

  • काठमाडौं । लगातार दुई दिनमा ८१.०४ अंकले बढेर नयाँ नयाँ रेकर्ड कायम गर्दै आएको नेप्से सूचकमा कारोबारको तेस्रो दिन मंगलबार भने सामान्य करेक्सन देखिएको छ।

    यश दिन नेप्से परिसूचक ३.७२ अंकले घटेर ३०२२.११ विन्दुमा झरेको हो। यस दिन २२६ कम्पनीका ३ करोड ९ लाख ४८ हजार कित्ता शेयर किनबेच भएर १६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

    नेप्से सूचकमा सामान्य करेक्सन देखिएपनि तीन कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिईडिबी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र युनियन हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ। यस्तै ओरेन्टल होटल र एचआईडिसीएलको पनि शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले बढेका छन्।

    यता छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ७.६६ प्रतिशतले घटेको छ। यस्तै, लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेपाल हाइड्रो डेभलपर, सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य पनि ६ प्रतिशतभन्दा धेरैले घटेको छ।

    मंगलबार कारोबारमा आएका १३ उपसमूहको सूचकमध्ये ८ उपसमुहको सूचक नकारात्मक बन्दा ५ उपसमूहको सूचक मात्रै सकारात्मक देखिएका छन्। अन्य उपसमूहको सूचक ४ प्रतिशतले बढ्दा विकास बैंक उपसमूहको सूचक भने ४.४२ प्रतिशतले घटेको छ। यस्तै फाइनान्स उपसमूहको सूचक पनि ३.२९ प्रतिशतले घटेको छ।

    कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थान रहेको छ। यस दिन पुनर्बीमा कम्पनीको ७६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै एचआईडिसीएलको ५२ करोड ३१ लाख रुपैयाँ, एचडिएलको ४२ करोड ३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार