Online Nepal आइतबार, जेष्ठ ६ २०८१

साताको दोस्रो कारोबार दिन पनि नेप्सेमा ठुलो अंकको गिरावट

साताको दोस्रो कारोबार दिन पनि नेप्सेमा ठुलो अंकको गिरावट


मध्यान्तर
  • सोमबार, असार ७ २०७८

  • काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्सेमा ठुलो अंकले गिरावट आएको छ । गत साताको मंगलबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

    आर्थिक वर्षको अन्त्यमा ब्याज पाइने भएकोले अहिले बजारमा ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढेको जानकारहरु बताउँछन्। ऋणपत्रमा प्रायजसो कम्पनीहरुले अर्थवार्षिक रुपमा ब्याजदर प्रदान गर्ने गर्दछन्। र सो अनुसार कम्पनीहरुले अब असार मसान्तमा ब्याज प्रदान गर्दछन्। त्यसैले यस महिनामा ऋणपत्र खरिदबिक्री बढी हुने गरेको उनीहरुको भनाइ छ।

     

    सोमबार नेप्से परिसूचक २.४५ प्रतिशत अर्थात ७१.०६ अंक घटेर २८३४.४० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.३७ अंक घटेर ५२०.१८ विन्दुमा झरेको छ।

    यस दिन २२७ कम्पनीको १ लाख ३० हजार ३९७ पटकको कारोबारमा ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    आइतबार जस्तै यस दिन पनि सबै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये जलविद्युत र वित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक र होटल तथा पर्यटनको ४ प्रतिशतभन्दा बढी घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ३० करोड ६१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार